काठमाडौं। सरकारले चालु आर्थिक वर्षमा मात्रै झण्डै साढे ६ अर्ब खोप खरिद गरेको छ। चालु आबको छ महिना चल्दै गर्दा सरकारले कोभिड-१९ विरुद्धको खोप खरिदमा मात्र ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
अर्थमन्त्रालयका अनुसार सरकारले चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साउनमा ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा दिएको जनाएको छ। सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि थप १ अर्ब १० करोड ५० लाख रुपैयाँ समेत रकमान्तर निकासा लिइएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।