काठमाडौं। आज साढे १ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा मन्त्रिपरिषद् बैठक लागेको हो।

प्रधानमन्त्रीले मन्त्रिषरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन्। बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुने प्रधानन्त्रीको सचिवालयले जनाएको छ।