काठमाडौं। नारायणहिटी दरबार संग्रहालयलाई रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि स्थगित गर्न निर्देशन जारी भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो।

समितिले बतासलाई लेखेको पत्रमा भनिएको छ ‘‘सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ।"