काठमाडौं । भर्खरै सञ्चालनमा रहेको कक्षा १२ को  परीक्षाको नतिजा एक महिना भित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । कोरोना सङ्क्रण जोखिमका कारण रोकिएको परीक्षाले शैक्षिक सत्र नै प्रभावित हुने अवस्थालाई रोक्न वोर्डले एकमहिना भित्रै नतिजा प्रकाशन गर्न लागेको हो । 

एक साताभित्र परीक्षाको कापी परीक्षण सकाउने र अन्य तयारीका लागि तीन साताको कार्ययोजना बनाएर अघि बढेकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागि शैक्षिक सत्र प्रभावित नहुने गरी नतिजा निकाल्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जनाएका छन् । 

 उनका अनुसार कोरोना सङ्क्रमित विद्यार्थीलाई प्राथमिकताका साथ परीक्षामा सहभागि गराईएको र छुटेकाहरुलाई समेत तत्काल परीक्षा दिने व्यवस्था गर्न लागिएको बताएका छन् । 

यसपटक कोरोना सङ्क्रमण जोखिमका कारण परीक्षाको अङ्कभार घटाएर ४० प्रतिशतको भात्रै लिखित परीक्षा, २० प्रतिशत सम्बन्धित विद्यालयले आन्तरिक मूल्याङ्कन तथा ४० प्रतिशत कक्षा ११ को प्राप्त प्राप्ताङ्‍को आधारमा अङ्क प्रदान गरिने वोर्डले जनाएको छ ।