सिन्धुलीमाढी। कमला जनज्योति माध्यमिक विद्यालय सिलामेको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक भव्य रुपमा सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

सभामुख सानु कुमार श्रेष्ठले पानसमा बत्ती बालेर तथा केक काटेर विद्यालयको ४३ औँ वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवालले शिक्षा बिनाको विकासले उन्नती नहुने बताउनु भयो । उहाँले शिक्षानै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षामा लगानी गर्नुपर्ने बताउनु भयो । त्यस्तै प्रदेश सांसद् लेखनाथ दाहाल राजनले सिन्धुली सदरमुकामबाट उक्त विद्यालय आउने सडक निर्माणका लागी पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै उहाँले विद्यालयको भवन निर्माण तथा थप गर्ने पनि प्रतिबद्धता जनाउनु भएको हो । उहाँले शिक्षक हरेक दिन विद्यार्थी बने मात्र गुणस्तीय शिक्षा प्रदान गर्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अतिआवश्यक रहेको बताउनु भयो। ज्ञान लाई बिज्ञान सँग जोडे मात्रै शिक्षामा सफलता हासिल हुने उहाँको तर्क रहेको छ ।

कार्यक्रम कमला जनज्योति माध्यमिक विद्यालय सिलामेका व्यवस्थापन समितिका अध्यक्ष भक्त नारायण श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव तथा अभिभावक भेला बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदिप कटुवाल, बागमती प्रदेश सांसद् लेखनाथ दाहाल राजन, प्रदेश सांसद विनोद खड्का लगायत जनप्रतिनिधि,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर फुयालले प्रस्तुत गर्नुभएको थियो । विद्यालयको प्रगति प्रतिबेदनमा २ करोड ४३ लाख भन्दा बढि आम्दानी र २ करोड २५ लाख भन्दा बढिको खर्चको विवरण प्रस्तुत गरिएको थियो । २०७७ सालको एसइइमा उक्त विद्यालयबाट उत्कृष्ट नम्बर ल्याउने कविता श्रेष्ठलाई भगवती अङ्ग्रेजी आवासीय विद्यालयकाका प्रधानाध्यापकले ५ हजार ५ सय ५५ छात्रावृत्ति प्रदान गर्नुभएको छ । कमला जनज्योति माध्यमिक विद्यालय सिलामेबाट हरेक वर्षएसइइ मा उत्कृष्ठ नम्बर ल्याएर उर्तिण हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै राजन प्रतिष्ठान अक्षयकोषबाट हरेक वर्षकक्षा ८ का १ जना छात्र र १ जना छात्रा राजन प्रसाद कोइराला र उहाँको श्रिमतिले छात्रवृत्ति प्रदान गर्नुभएको छ । राजन प्रतिष्ठान अक्षयकोषबाट हरेक वर्षछात्रबवृत्ति प्रदान गदैँ आएको छ ।