इलाम। इलामको सूर्योदय नगरपालिकले त्यहाँ रहेका आदिवासी जनजाति लेप्चा जातिको नामवन पर्वको अवसरमा पुस १९ गते (आज) सार्वजनिक विदा दिएको छ।

नगरपालिकाले पुस १९ गतेका दिन सूर्योदय नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू तथा नगरपालिका अन्तर्गतका शिक्षण संस्था लगायका सम्पूर्ण सार्वजनिक निकायहरू (आकस्मिक सेवा बाहेकका)मा स्थानीय विदा दिएको हो।

लेप्चा जातिले आजको दिन नामवन पर्व अर्थात् नयाँ वर्षको रुपमा मनाउने गर्दछन्। यस अवसरमा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले शुभवकाना दिनु भएको छ। 

शुभकामनामा "२०७७८ पौष १९ गते सोमबार पर्न गएको नामवन (लेप्चा जातिको नयाँ वर्ष) को उपलक्ष्यमा सम्पूर्ण नगरवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ"