काठमाण्डौ । नेपाल क्रिकेट संघले टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि छनोट गरेको ३० मध्ये २१ जना खेलाडी होटलमा अनुपस्थित भएका छन् ।
क्यानले सबै खेलाडीलाई आज होटलमा जम्मा हुन निर्देशन दिएको थियो ।
क्यानको कारवाहीमा परेका ४ जना र अन्य १७ जना खेलाडीले क्यानको निर्देशन अवज्ञा गरेका हुन् ।
क्यानका सचिव प्रशान्तविक्रम मल्लले आज ११ खेलाडी होटलमा आएको जानकारी दिनुभयो ।
७जनाले आफुहरू बाटोमा रहेको जानकारी गराएको उहाँको भनाइ थियो ।००००