काठमाण्डौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा कोरोनाभन्दा खतरनाक भाइरस फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ ।
फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको भन्दा दोब्बर इन्फेक्सन रहेको बिज्ञहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । अरब न्युजले यसको पुष्टि गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ ।
यसैबीच इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ । इजरायलमा तेस्रो डोज तीन महिनाअघिनै दिइसकिएको छ । इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ ।००००