काठमाडौं ।  सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ ।

थ्रीस्टारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लबमाथि  २-१ को  रोमाञ्चक जित हात पारेको हो ।

थ्रीस्टारको जितमा आयुष घलान  र रितिककुमार खड्काले १-१ गोल गरे ।

जावलाखेलका लागि निकोलस फर्नान्डेजले १ गोल फर्काए ।

खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

२६ औँ मिनेटमा रितिकले टोलीको अग्रता दोब्बर बनाए ।

५५ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै जावलाखेललाई २-१ को अवस्थामा ल्याए ।

त्यसपछि  दुवै टोलीबाट गोल हुन नसक्दा थ्रीस्टार विजयी भएको हो ।

यो जितसँगै ७ खेलमा १० अंक जोडेको

थ्रीस्टार  लिगको पाँचौं स्थानमा उक्लिँदा जावलाखेल ७ अंकका साथ नवौं स्थानमा छ ।