खाङसाङ। फिक्कल गाउँपालिका वडा नं.-२ स्थित माध्यामिक विद्यालय लुम्तीको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भएको छ। २०७२ सालको भुकम्पछि युएसएडको सहयोगमा निर्मित भवन बिहिबार विद्यालयलाई हस्तारण गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार भवन निर्माण कार्यकाे जिम्मा पाएकाे कम्पनी एन वि एल/ बानियाले युएसएडलाई र युएसएडले विद्यालय परिवारलाई सुबिधा युक्त भवन हस्तान्तरण गरेको हो। भवन हस्तान्तरण भएसँगै सुविधा विद्यालयका विद्यार्थीहरूले सुविधायुक्त कक्षाकाेठामा अध्ययन गर्ने अवसर प्राप्त भएकाे उपाध्यक्ष सुनुवारले बताउनु भयो। विद्यालयको नवनिर्मित भवन १६ करोड अनुदान लागतमा एमबिएल निर्माण कम्पनिले गरेको हो। सुविधा सम्पन्न भवनमा अत्याधुनिक कप्युटर ल्याब, लाइब्रेरी, मल्टीप्रपोज हल, पुस्तकालय, विज्ञान प्रयोगशाला, ड्रोइङ तथा म्युजिक हलको समेत व्यवस्था रहेको छ।

विद्यालय हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लिलाधर पहाडीको अध्यक्षता तथा सिडीएम स्मिथ नेपाल कार्यलयका प्रतिनिधि राजिव कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्बती सुनुवार, गाउँपालिका प्रवक्ता तथा वडा नं. -५ का अध्यक्ष राजु बराल, वडा नं.- २ का अध्यक्ष शंकर भण्डारी, वडा नं. -३ का अध्यक्ष टेक बहादुर रजन, वडा नं. -६ का अध्यक्ष खड्ग बहादुर नेपाली लगयत विभिन्न राजनैतिक दल, स्थानीय अविभावक र विद्यार्थीहरुको उपस्थिती थियो ।