काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गइरहने समस्या समाधान हुने दाबी गर्नु भएको छ ।
विद्युतको खपत बढेर ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको उहाँले बताउनुभयो । केहि दिन अघिदेखि विद्युत आपूर्तिमा समस्या देखिएको जनगुनासो आएको भन्दै प्राधिकरणले आज पत्रकार सम्मेलन गरि सप्लाई नपुगेकोले समस्या भएको जनाएको हो । बेलुका समयमा अहिले करिव १७ सय मेगावाट र बिहान करिब साढे १६ सय मेगावाटको माग भईरहेको प्राधिकरणले जनाएको छ ।
अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएपनि लोडअनुसार ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेको घिसिङले बताउनुभयो । आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने उहाको दाबी थियो ।००००

