काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम देशभर आंशिक बदली रहने जनाएको छ। महाशाखाका अनुसार २०७८ पुस १६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ पुस १७ गते (शनिबार) दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।
२०७८ पुस १८ गते (आईतबार) दिउँसो : देशभर आंशिक बदली रहनेछ ।राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

