रामेछाप साँस्कृतिक कलाकार समाजको १२औं साधरण सभा तथा चौथो अधिबेशन यही पौष महिनाको १७ र १८ गते मन्थलीमा हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा स्रस्टा सम्मान तथा बृहत  साँस्कृतिक कार्यक्रम सहित चौथो अधिबेशन कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा रामेछाप जिल्लाका स्थानिय मौलिक प्रस्तुति सहित राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको बिभिन्न आकर्षक प्रस्तुतीहरु रहने आयोजक संस्थाका उपाध्यक्ष कुमार कार्कीले बताउनु भयो । बिभिन्न क्षेत्रमा छरिएर रहेका रामेछाप जिल्लाको कलाकारहरु लाई एकीकृत गरि कलाकारहरुको हकहितमा काम गर्दै कलाकारीताको माध्यमबाट समग्र रामेछापको बिकासमा सहयोग पु¥याउने उदेश्यका साथ २०६६ सालमा रामेछाप साँस्कृतिक कलाकार समाजको स्थापना भएको थियो ।

समाजले यस अघि प्रथम पटक रामेछाप जिल्लाको जिल्ला स्तरिय रामेछाप साँस्कृतिक महोत्सब २०६७, उमाकुण्ड गाउँपालिका महोत्सब, बिभिन्न स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम, बृक्षारोपन, साँस्कृतिक प्रबद्र्धन हुने प्रकारका बिभिन्न कार्यक्रम, बिभिन्न संस्थाहरु सँग सहकार्य गरि रामेछाप जिल्लाका बिभिन्न स्थानमा बिभिन्न प्रकृतिका कार्यक्रमहरु गर्दै आईरहेको छ । साथै नेपालको राजधानी काठमाडौंमा पनी थुप्रै पटक बिभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आईरहेको रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले बताउनु भयो ।

रामेछाप साँस्कृतिक कलाकार समाजको रामेछाप जिल्लामा रहेको आठ वटा स्थानिय तहमा स्थानिय समितिहरु गठन भईसकेका छन । चौथो अधिबेशनको उद्घाटन तथा बृहत साँस्कृतिक कार्यक्रममा रामेछाप जिल्लाका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, बिभिन्न क्षेत्रका ब्यापारी ब्याबसायी, समाजसेवी, जिल्ला तहमा रहेको बिभिन्न कार्यालय एबम् संघ संस्थाका प्रमुख, कलकार, संचारकर्मी साथै स्थानिय शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।