काठमाडौं। बढुवा समितिको ससचिवालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। समितिको सोमबार बसेको बैठकले प्राविधिक सेवातर्फका पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिसमा नेपाल कृषि सेवा भेटनरी समूहतर्फबाट डा टंक प्रसाद प्रसाई जेष्ठता र कार्यसम्पादन मूल्याकनमा आधारमा बढुवाका लागि सिफारिस भएका छन्। यस्तै, नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूहतर्फबाट चार उपसचिव सहसचिव बढुवाका लागि सिफारिस भएका छन्। जसमध्ये कुमार थापा, शंकर पण्डित, शम्भु कार्की र रामेश्वर मरहठ्ठा रहेका छन्। उनीहरु चारै जना कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।