रामेछाप। नेकपा एमाले रामेछापको जिल्ला अधिवेशनमा ६ यस ८२ जना प्रतिनिधि सहभागी हुने भएका छन्। रामेछापको ८ वटै स्थानीय तहका ६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठन समेतबाट गरी ६ सय ८२ जना प्रतिनिधि सहभागी हुने भएका हुन्।
नेकपा एमाले रामेछापको मूल व्यवस्थापन समितिको संयोजकमा जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र राजनीतिक एवम् सांगठनिक प्रतिवेदन संयोजकमा शान्तिप्रसाद पौडेल र सदस्य प्रेम बहादुर तामाङ झम्क कडेल,आनन्द श्रेष्ठ रहेका छन् ।
यही पुस २३ देखि २४ गते हुने एमालेको आठौ जिल्ला अधिवेशनको तयारीको लागि पार्टी नेताहरुको जिम्मेवारी तोकेको छ। नेकपा एमालेले यही पुस १७ गते एकै साथ ६४ वटै वडा कमिटीबाट प्रतिनिधि चयन गर्ने भएको छ।
नेकपा एमाले रामेछाल जिल्ला कमिटीको जिम्मेवारी जस्ताको त्यस्तै:

