दुधौली। सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले १८ वर्षभन्दा माथिका नागरिकको लागि कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाले यही पुस १५ गतेदेखि २० गतेसम्म भेरोसेलको पहिलोमात्रा र पहिले लिई सकेको लागि दोस्रो खोप दिनका लागि अभियान सञ्चालन गर्न लागेको हो। 

दुधौली स्वास्थ्य चौकी प्रमुख विन्देश्वर साहका अनुसार दुधौली नगरपालिकाको वडा नं. ९ र १० मा अभियान सञ्चालन हुने छ। शहरी स्वास्थ्य क्लिनिक, कर्थामा पुस १५ गते, कोगटी मा.वि.मा पुस १६ गते, भेटनरी अफिस खरियानीमा पुस १८ गते, स्वास्थ्यचौकी दुधौलीमा १९ र २० गते खोप अभियान सञ्चालन हुनेछ।

खोपका अभियानमा खोप लगाउनका लागि पहिलोमात्रा खोप लगाई सकेकाले अनिवार्यरुपमा खोपकार्ड लिएर जानुपर्ने छ।

सूचना: