एजेन्सी । भारतको जराधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्युलगाइएको छ ।

कोरोनाभाइरसको संक्रमण निरन्तर बढेको भन्दै राज्य सरकारले आज (सोमबार)बाट रात्रिकालीन कर्फ्यु लगाएको हो । बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले रातको ११ बजेबाट बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निणर्य गरेको छ ।

पछिल्लो समयमा कोरोना भइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामामा दिल्लीमा २९० जनामा ओमिक्रोन देखिएको थियो । उक्त संक्रमित पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ ।

अहिले दिल्लीमा कोरोना संक्रमितको संख्या ११ सयभन्दा बढी रहेको छ । दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् ।