दक्षिण कोरिया। दक्षिण कोरियामा रहेका नेपालीहरूको न्यानो अभियानबाट बाग्लुङका ४३ विद्यार्थीले न्यानो कपडा पाएका छन्। बागलुङको निसिखोला गाउँपालिका वडा नं. ३ को ६ वटा विद्यालयका ४३ विद्यार्थीहरूलाई अभियान मार्फत न्यानो कपडा वितरण गरिएको हो।

न्यानो अभियान दक्षिण कोरियाको अभियानको पहिलो कार्यक्रम अन्तर्गत निसिखोला गाउँपालिकाको सुर्य प्राथमिक विद्यालय याङमिङ, जन जागृति प्राथमिक विद्याय छापखानी, घुमाउनी प्राथमिक विद्यालय धुर्स्यौला, पशुपति निमाबी, श्री बोहरागाँउ प्राथमिक विधालय धाराखर्क र कर्ण प्राथमिक विधालाय ढुवाँखोरका अति विपन्न विद्यार्थीहरू छनौट ( विध्यालयले पहिचान गरेको) गरी जनही एक/एक थान टोपी र एक/एक थान स्विटर वितरण गरिएको  अभियान्ता विशाल श्रेष्ठले जनचासो खबरलाई बताउनु भएको छ।

यस कार्यक्रम अन्तर्गत लाभान्वित हुनेमा सुर्य प्राथमिक विद्यालय याङमिङका साया अर्गेजा, सुजय पुन, प्रबिन घर्ती, बिबस घर्ती र तिका बुढा रहेका छन्। जन जागृति प्राथमिक विद्यालय छापखानीका हिमाल सुनार, अस्मिता बिक, मुकेश रोका, चन्द्रा रोका, तिर्सना पौवाली, दिपसिखा शाही र युजन रोका रहेका छन्। घुमाउनी प्राबी धुर्स्यौलाका दिनेश शाही, चुनमाया भन्दारी, जमुना परियार, हिमाल बि क, रेम कुमारी चन्द, रोजिना बिक र कसिस्मा बिक रहेका छन्। पशुपति निमाबी धाराखर्कका अध्ययनरत सुरेन्द्र घर्ती, भबिन्द्र चन्द, बिरेन्द्र घर्ती, मोहन परिवार, कोपिला सिर्पाली र अन्जु सुनार रहेका छन्। बोहरागाँउ प्राथमिक विधालयका फुलमाया भण्डारी, अस्मिता बि.क., मनिसा बि.क., अनुस्का बि.क., सम्झना सुनार, प्रमिसा चन्द, विजे बि.क., दिपक कँडेल, विकाश बि.क. र तिर्सना घर्ती रहेका छन्। अभियान अन्तर्गत कर्ण प्राथमिक विधालाय ढुवाँखोरका बिरू सुनार, बन्दना सुनार, अनिशा शाही, रोशन सुनार, सन्तोष सुनार, बिष्णु बिक, सोनाम सुनार, र रोमन चन्दलाई प्रदान गरिएको आरपि जङ्ग के सिले जनचासो स्रोतलाई जानकारी गराउनु भएको छ।

साथै न्यानो अभियान कोरियामा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुमा अभियान्ता विशाल श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको छ।