काठमाण्डौं । एसीसी यु १९ एसिया कपमा नेपाली युवा टिम टेष्ट देश बंगलादेशसँग एक सय ५३ रनको भारी अन्तरले पराजित भएको छ । 

शारजाहा मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनायो। उसका लागि प्रन्तीक नरोज नावीले शतकीय इनिङ खेले। उनले ११२ बलमा १२७ रनको अविजित योगदान दिएका थिए। त्यस्तै एमडी फहिमले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा एसएम मेहेरोब र इफ्ताखर होसेइनले समान २१०२१ रनको योगदान गरेका थिए। त्यस्तै अर्का ओपनर मफिजुल इस्लामले १७ रन बनाएका थिए।

नेपालका लागि गुल्सन झा, तिलक भण्डार र मोहमद्द आदिल अलामले समान १९१ विकेट लिएका थिए। जवाफमा नेपाल ४२ ओभर तीन बलमा एक सय ४३ रनमा अलआउट भयो ।