सिन्धुलीमाढी। राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सिन्धुलीमाढीमा एक कार्यक्रमबीच सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष देबराज वाइबाको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। 

सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले इमान्दारिता र जनताले विश्वास गर्ने पार्टी नेकपा एमाले रहेको बताउनु भयो । छल,कपट र झुटको खेति गरेर जनतालाई भ्रममा राखिएकाले अब चाँडैनै आफ्नो पार्टी खोज्दै जनता एमालेमा आउने बताए । पार्टीलाई अगाडि बढाउनको लागी अहिलेको युवाको अत्यन्त ठूलो भुमिका रहेकाले युवाशक्तिलाई क्रियाशील भएर लाग्नको लागी अनुरोध गर्नुहुँदै पौडेलले अबको निर्वाचनबाट नेकपा एमाले दुई तिहाई बहुमतको साथ बिजयी हुने उहाँको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठले दुधौलीमा माओवादीका नेताले सर्वसाधारणलाई कुटपिट गरेकोमा खेद प्रकट गर्दै बाघ जुध्न आउँदा बाघसँगै जानुपर्छ बिरालोको पछि लाग्न नहुने बताए।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका अध्यक्ष देबराज वाइबा लगायत सम्पूर्ण कमिटीका सदस्यलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सपथ ग्रहण गराउनु गराएका हुन् ।