सिन्धुली। सिन्धुलीको वि.पि. राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका ६ रिठ्ठे भिर नजिक कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बर्दिबासबाट काठमाडौं जाँदै गरको कुखुरा बोक्ने बोलेरो दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको हो।

दुर्घटनामा दुईजना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले जानकारी दिनु भएको छ। बिहिबार बिहान करिव १ः०५ बजेको समयमा बर्दिबासबाट काठमाडौं जाँदै गरको प्रदेश २–०२–००१ च ४००८ नम्बरको बोलेरो सडकबाट अन्दाजी २०० फिट तल खसी दुर्घटना भएका हो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको डिएसपी लामाले जानकारी दिनु भयो ।

गाडीमा जम्मा ३ जना सवार रहेका थिए । दुर्घटनामा परी सर्लाही जिल्ला लालबन्दी १५ परवानिपुर बस्ने बर्ष २० का कुन्थाङ मोक्तानको भने घटनास्थलमै मृत्यु भएको लामाले बताउनु भयो । यस्तै सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३० का गाडी चालक आइत सिंङ बम्जन र बर्ष २१ का मनिष परियार भने गम्भीर घाईते भएका छन् ।

घाईते दुबैजनाको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । घाईते दुई मध्य एक जनाको अवस्था भने चिन्ताजनक रहेको लामाले बताउनु भयो।