काठमाण्डौं । सरकारलेपुस अन्तिम साताबाट कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ।

आज मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको जानकारी दिनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दि स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने बताउनुभयो । सरकारले ओमीक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा हवाईमार्गमा सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेको पनि स्वास्थ्यमन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले सबै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउन आग्रह गर्नुभयो ।कोरोना नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व रहेकाले बताउँदै मन्त्री खतिवडाले ४ पुसबाट ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप अभियान सुरू गरेकाले त्यसमा सबै उमेर समूहका बालबालिका सहभागी गराउन समेत उहाँले आग्रह गर्नुभयो ।

यसैबीच,नेपालमा थप १ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।आज एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर संगिता मिश्राले जानकारी दिनुभयो ।संक्रमित वृद्ध होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मिश्राले बताउनुभयो । योसँगै नेपालमा ३ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।