काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

प्रवक्ता मिश्राका अनुसार संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेका छन् भन उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

बुधबार एक वृद्धमा ओमिक्रोन पुष्टि भएसँगै हालसम्म नेपालमा तीन जनामा ओमिक्रोन संक्रमित भेटिएको छ । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।