रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकामा दुई दिने नि:शुल्क दन्त शिविर सञ्चालन हुने भएको छ। गाउँपालीका र ग्रीन तारा नेपालको समन्वयमा यही पुस ७ र ८ गते शिविर सञ्चालन हुने भएको हो।
ग्रिन तारा नेपाल, बि एम जेड र चाइल्ड एड नेटवर्कको आयोजनामा उमाकुण्ड स्थित वडा नं. -४, च्याँदलु (प्रिती) मा गाउँपालिका अन्तर्गत रहेका दाँतका समस्या भएकाहरूको उपचारका लागि शिविर सञ्चालन गर्न लागिएको हो।

