विशाल श्रेष्ठ, दक्षिण कोरिया। नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाको तर्फबाट माओवादीको राष्ट्रिय सम्मेलनमा भाग लिन प्रतिनिधिको रुपमा चुडामणि अधिकारीलाई चयन गरेको छ। जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आयोजनामा आयोजित कार्यक्रममा चयन गरिएको प्रतिनिधि संगठनको पूर्व उपाध्यक्ष, पूर्व सल्लाहकार एकता प्रक्रियाका केन्द्रीय सदस्य कमरेड चुडामणी अधिकारीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो।
दुर्गा रेष्टुरेन्ट जोंगाकमा मञ्चको बरिष्ठ उपाध्यक्ष जिवन खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वी एसिया संयोजक पूर्व Nrna अध्यक्ष तथा पूर्व संरक्षक बिनोद कुबर रहनुभएको थियो। कार्यक्रममा उपस्थित व्यक्ति हरूलाई मञ्चको कोषाध्यक्ष बिबि तामाङले स्बागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा बिशेष अतिथिको रुपमा निबर्तमान अध्यक्ष क.दिलीप धिताल एनआर एन एका अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष क.दिपक पुन, मञ्चका पूर्व सल्लाहकार याम भुषाल,पदम भण्डारी,नारायण तिमिल्सीना रहनुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरुले कोरिया बसाई सफलतापूर्वक सम्पन्न गरी सम्मेलन प्रतिनिधि को रूपमा स्बदेश प्रस्थान गर्न लाग्नुभएका चुडामणी अधिकारी लाई बिदाई मन्तव्य राख्नुभएको थियो। महासचिव प्रविन गिरिले सम्मान तथा बिदाई कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अतिथि कमरेड लगायत उपस्थित सम्पुर्ण लाई जनप्रगतिशील मञ्च दक्षिण कोरियाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन।

