काठमाण्डौ । मकवानपुर प्रहरीले जिल्लामा करिब ५२ विगाह जमिनमा लगाइएको लागुऔषधको खेती फडानी गरेको छ ।
जिल्लाको राक्सिराङ गाउँपालिकामा ३३ विगाहमा लगाइएको लागुऔषध गाँजा र १९ विगाह जग्गामा लगाएको अफिम खेती फडानी गरी निष्ट गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । राक्सिराङ वडा नंबर ४ र ५ को विभिन्न स्थानमा लागाइएको गाँजा तथा अफिम खेती फडानी गरेको हो ।
नेपालमा लागुऔषधको खेतीलाई अबैध मानिदै आइएको छ ।

