काठमाडौँ /सरकारले किराँत समुदायको महान पर्व उधौलीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते आइतवार उधौली पर्व, योमरी पुन्ही– न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको छ ।
अन्तिम अपडेट: पुस २, २०७८