मिलन राई/ इलाम ।

लामको सूर्योदय नगरपालिका स्थित हर्कटे–कन्याम सडक खण्डमा मंगलबार दिउँसो भेन दुर्घटना भएको छ ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ३ जना बालबालिका सहित सातजना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुने र घाईते हुने सबै माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका रहेका छन् ।

मृत्यु हुनेमा वडा नम्बर ३ का ४० बर्षिय भरत घिमिरे र वडा नम्बर ४ का ७६ बर्षिय रामप्रसाद तिम्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा थापाका अनुसार घाईते हुनेहरुमा वडा नम्बर ४ का ३५ बर्षीय पदम तिम्सिना, वडा नम्बर ३ का ३० बर्षीया निर्मला तिम्सिना, ४ बर्षीया प्रकृति तिम्सिन, ६२ बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीया यसोदा घिमिरे, ८ बर्षीय हर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका छन् ।

पाथिभरा मन्दिरको दर्शन गरेर कुटीडाँडाबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्वरको भेन अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल झर्दा ९ जना घाइते भएका थिए ।

घाईतेहरुलाई तत्काल उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । जसमा घिमिरे र तिम्सिनालाई अस्पताल पुरयाउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । अन्य सात जना घाईतेको उपचार भइरहेको छ ।