काठमाण्डौ । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार रहेका थिए । दुर्घटनामा जनरल रावतसहित हेलिकोप्टरमा सवार १३ जनाको मृत्यु भएको  भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले भोलि घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए ।  

वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

यसैबीच सेना प्रमुखसहित १३ जनाको ज्यान जाने गरि भएको दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्नुभएको छ । ०००