काठमाण्डौ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि त्रास फैलिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि गरेको छ । बाहिर मुलुकमा ओमिक्रोन फेला परेपछि लकडाउन गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेटिएपछि लकडाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्रालयले भने बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । मन्त्रालयले सरकारले लकडाउनबारे केही निर्णय नगरेको र लकडाउन नहुने जनाएको छ ।
लकडाउनको साट्टो ओमिक्रोनका सम्भावित संक्रमितलाई निगरानीमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । मन्त्रालयले सबैलाई आत्तिनुभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ । हालसम्म करिब ४० देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ । स्वास्थ्य विज्ञहरुले यो कोरोनाभन्दा खराब भेरियन्ट रहेको बताएका छन् ।००००