दोलखा। दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. -९, झिसेपुमा घाँस काट्न गएका २ जना भालुको आक्रमणमा परी शक्त घाइते भएका छन्। शनिबार बिहान घाँस काटेर फर्कने क्रममा नजिकैको जङ्गलमा भालुको आक्रमणमा परेका थिए।

भालुको आक्रमणबाट जिरी नगरपालिका वडा नं.  ९ का जगत सुनुवार र टीका सुनुवार जङ्गली भालुको आक्रमणमा परेका हुन्। स्थानीय लेख बहादुर सुनुवारका अनुसार भालुको आक्रमणबाट जगत सुनुवार शक्त घाइते छन् उनको अनुहार, कान र आँखा गम्भिर चोट लागेको छ। त्यस्तै अर्का घाइते टीका सुनुवारको टाउको गम्भिर चोट लागेको छ। गम्भिर घाइते जगत सुनुवारलाई त्यहाँ उपचार हुन नसकेपछि उपचाकारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाईएको छ।

अहिले घाइते जगत सुनुवारको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।