काठमाडौं । ट्रान्सपरेन्सी नेपालले गरेको एक सर्वेक्षणमा नेपाली सहभागीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्टचारी हुने गरेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले एसियाका १७ देशमा गरेको सर्वेक्षणको क्रममा नेपालमा गरिएको सेर्वेक्षणको क्रममा यस्तो मत व्यक्त भएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्वेक्षण ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार भ्रष्टारी को को हुन सक्छन् भन्ने मतमा सांसद र कर्मचारीलाई उत्तरदाताले समान ४३/४३ प्रतिशत छन् ।
सर्वेक्षणको क्रममा ४० प्रतिशतले स्थानीय सरकारका कर्मचारी र २८ प्रतिशतले प्रहरी कर्मचारीलाई र २४ प्रतिशतले न्यायाधीश तथा न्यायिक अधिकारीलाई भ्रष्ट भनेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले एक हजार जनामा गरेको सर्वेक्षणमा १२ प्रतिशतले आफ्नो काम गर्न कर्मचारीलाई घुस दिएको बताएका छन् । सर्वेक्षणका क्रममा ८४ प्रतिशतले सरकारी भ्रष्टाचारलाई ठूलो समस्याको रुपमा लिएको जनाएको छ ।
ट्रान्सपरेन्सी नेपालले १२ महिनामा कति भ्रष्टाचार बढेको छ भन्ने प्रश्नमा नेपालका सहभागीले ५७ प्रतिशत मत व्यक्त बढेकोमा गरेका छन्, जुन एसिया कै खराब स्थिति हो । जबकि कम्बोडियामा १२, दक्षिण कोरियामा १७ र चीनमा २० प्रतिशतले मात्रै भ्रष्टाचार बढेको निष्कर्ष निकालेका छन् ।