फाइल तस्विर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशनका लागि सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नु भएको हो।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरिएको जनाएको छ। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गर्ने व्यवस्था अनुसार संसद् अधिवेशन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।