विशाल श्रेष्ठ, दक्षिण कोरिया। "आपसी सहयोग ,सद्भाव र सदाचार ,सिन्धुपाल्चोकवासी मिलनको आधार " भन्ने मुल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले सिन्धुपाल्चोक जिल्लाको १२ वटै गाउँपालिका तथा नगरपालिकाको १२ वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। समाजे प्रति विद्यालय दुई जनाका दरले छात्रवृत्ति प्रदान गरेको हो।

सन् २०१९ मा सिन्धुपाल्चोक समाज रामेछाप सम्पर्क समिती र दोलखाली समाजसँग मिलेर संयुक्त रुपमा गरेको “मंगोलियन हार्ट लाईभ कन्सर्ट" कार्यक्रम गरेर प्राप्त आम्दानीलाई २ वर्षे मुद्दतीमा राखेर प्राप्त ब्याजबाट यस वर्षको लागी सिन्धुपाल्चोक जिल्ला भित्रका १२ वटै स्थानीय तह अन्तर्गत अति विपन्न बालबालिकाको लागी स्थानीय निकाय तथा विद्यालयसँग समन्वय गरेर प्रति पालिकाका दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री (कापी,कलम,झोला र विविध) हस्तान्तरण गरिएको छ।

संस्थाका अध्यक्ष नविन श्रेष्ठका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत श्री थामीगाउं आधारभुत विद्यालयका सुदिप थामी र विवेक थामी, बाह्वविसे नगरपालिका अन्तर्गत श्री जयगोल्मा आधारभुत विद्यालयका रिजन तामाङ र सजिना वि.क., बलेफी गाउँपालिका अन्तर्गत श्री सरस्वती माध्यमिक विद्यालयका अस्मिता तामाङ र नवराज चालीसे, जुगल गाउँपालिकास्थित श्री घ्युलदेवी आधारभुत विद्यालयका निशा दाहाल र करुणा तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकास्थित श्री कालीका माध्यमिक विद्यालयका रीमा बोहरा र मन्जरी श्रेष्ठ, श्री खांदढुंगा आधारभुत विद्यालयका रिजन बोहरा र सौगात बोहरा, लिसंखुपाखर गाउँपालिका स्थित श्री जनकल्याण माध्यमिक विद्यालयका सोनी लामा र साङ्गे तामाङ, सुनकोशी गाउँपालिकास्थित श्री ठोकर्पा माध्यमिक विद्यालयका रितेस कमर, रक्षा कमर,रुविना जि.सी. र हरिकृष्ण भण्डारी, श्री जनजागृती माध्यमिक विद्यालयका बिपिना थापा मगर र देवेन्द्र भुजेल, चौतारा साँगाचोकगढी नगरपालिका स्थित श्री सेतिदेवी माध्यमिक विद्यालयका कुशल दुलाल  र गिता श्रेष्ठ, इन्द्रावती गाउँपालिकास्थित श्री राजेश्वरी माध्यमिक विद्यालयका अनुज बस्नेत र अस्मिता वयलकोटी, मेलम्ची नगरपालिकास्थित श्री हैवुङ महादेव स्थान माध्यमिक विद्यालयका मधुसुदन तामाङ र प्रियंका लामा, हेलम्बु गाउँपालिकास्थित श्री भुमेश्वरी माध्यमिक विद्यालयका मनसानी तामाङ र मनिसा जोती  र पाँचपोखरी थाङपाल गाउँपालिका स्थित श्री भोताङ देवी माध्यमिक विद्यालयका सरस्वती तामङ र श्री थाङ्पालधाप माध्यमिक विद्यालयका अनिशा वाईवालाई छावृत्ति प्रदा नगरिएको हो।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा आर्थिक भौतिक र नैतिक रुपमा मंगोलीयन हार्ट लाईभ कन्सर्ट सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण र सहयोगी संस्था लगायत यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ सस्थाको अध्यक्ष नविन श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ। सहयोग वितरणमा सहजकर्ताको भुमिका निर्वाह गर्ने , सहयोग प्राप्त गर्ने विद्यार्थी, विधालयलाई पनि धन्यवाद ज्ञापन गर्नु भएको छ। त्यस्तै, दुईजना भन्दा बढी विद्यार्थी देखिएको विद्यालयलाई समन्वयकर्ताहरूले व्यक्तिगत सहयोग रकम थपेर छात्रवृत्ति प्रदान गरिएको सस्थाको सचिव उत्सव खड्काले जानकारी दिनुभयो । उहाँले आगामि दिनहरुमा पनि सहयोग वितरण गर्ने बताउनुभयो।