काठमाडौं। बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न २ सय ३२ पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबारको गोरखापत्रमा सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो। 

आयोगको सूचना अनुसार स्वास्थ्य, प्राविधिक, प्रशासन लगायतका सेवा समूहहरूमा पाचौँ तहका कर्मचारीहरू आवश्यक रहेको जनाएको छ। आयोगले जारी गरेको सूचनामा ४२ पदका लागि जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन र दुवै जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन मार्फत बढूवा हुने र अन्य पदहरूमा खुला प्रतिस्पर्धा हुने जनाएको छ। आयोगले खुलाएको खुला प्रतिस्पर्धात्मक दरखास्तमा २०७८ पुस ४ गतेसम्म आवेदन दिन सकिने छ। 

आयोगको सूचना जस्ताको त्यस्तै: विस्तृतमा