हुम्ला। लगातार हिमपातका कारण खाद्य संकट भोगिरहेको हुम्लाको लिमीमा हेलिकप्टरबाट खाद्यान्न लगिएको छ। सोमबार (आज) नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न लिएर हुम्ला जिल्लाबाट संघीय सांसद् जितेका सांसद रंगमती शाही त्यस तर्फ लागेका हुन्।
हुम्लाको नाम्खा गाउँपालिका -६, लिमीका लागि आइतबार सिमकोट आइपुगेको सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले खाद्यान्न ढुवानी थालेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो। उहाँका अनुसार सिमकोटमा रहेको ३४ क्विन्टल खाद्यान्न ढुवानी हेलिकप्टरबाट हुने छ।
हुम्लाको खाद्य संकट भएको क्षेत्र उच्च क्षेत्र भएको कारण एउटा उडानमा हेलिले ११ क्विन्टल खाद्यान्न मात्र ढुवानी गर्ने भएकाले तीन उडानमा लिमीमा खाद्यान्न पुर्याउने। त्यसपछि हिल्सामा रहेको चार सय साठी क्वीन्टल मैदा तथा बीस बोरा चामल पनि ढुवानी गर्नेछ।