रामेछाप । रामेछापमा दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । 

नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा यही मंसिर १५ गतेदेखि २० गतेसम्म दोश्रो राष्ट्रिय माझी गोल्डकप हुन लागेको हो । खेलको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक नेपाल माझी उत्थान संघका खेल संयोजक बलबहादुर माझीले जानकारि दिनुभयो । प्रतियोगितामा २० वटा जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मन्थली नगरपालिकाको कुनौरी खेल मैदानमा हुने प्रतियोगितामा रामेछापको ३ टिमसहित २२ टिम खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको बिजेता टिमले २ लाख रुपैयाँ नगद साथै शिल्ड र मेडल प्राप्त गर्ने नेपाली माझी उत्थान संघ, रामेछापका अध्यक्ष इन्द्रबहादुर माझीले बताउनुभयो । मन्थली नगरपालिका मुख्य प्रायोजक बनेर सञ्चालन गर्न लागिएको प्रतियोगितको खर्च ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ००००