तामाङ चलचित्र संघ बागमती प्रदेश समिति गठन भएको छ । तमाङ चलचित्र संघका संघीय अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा शनिबार आयोजित भेलाबाट १३ सदस्यीय बागमति प्रदेश कमिटि गठन गरिएको हो ।
चलचित्र निर्देशक एवं नायक विनायक तामाङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आशमान वाईबा, सचिव दावा फिन्जो तामाङ, सह सचिव करण तामाङ, कोषाध्यक्ष बिना घले, सह कोषाध्यक्ष धुर्व छिरिङ तामाङ चयन हुनुभएको छ ।
त्यसै गरि सदस्यहरूमा क्रमश रोसन तामाङ, अनिता नेगी, बिना लामा, राजकुमार तामाङ, नरेन्द्र तामाङ, सुस्मिता घ्लान, श्याम माया तामाङ रहनुभएको छ ।
संघीयताको मुल मर्म अनुसार नै तामाङ चलचत्रि कर्मीहरुलाई संगठित गरी गतिविधि विस्तार गर्न तामाङ चलचित्र संघको बागमती प्रदेश कमिटि गठन गरिएको संघले जनाएको छ । यसैगरी अन्य प्रंदेशमा पनी समिति विस्तार गर्ने संघको योजना रहेको जनाईएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, तामाङ चलचित्र संघको प्रमुख सल्लाहकार बिकु थोकर, जनता समाजवादी तामाङ संघका महासचिव बिकाश ब्लोन, तामाङ चलचित्र निर्देशक बिनय दोङ, समाजसेवी कुङगा शेर्पा, युवा व्यवसायी सरोज घिसिङ, युवा नेता प्रेम लामा, युवा व्यवसायी सोम लामा, गायक तथा संगीतकार सम्भर बहादुर थिङका साथै चलचचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमहरु पनी प्रस्तुत गरिएको थियो ।

