रामेछाप। नेपाली काङ्ग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधी सविन विश्वकर्माले दलितको हक र अधिकारकालागि लागी पर्ने बताएका छन्। पत्रकारसँग कुरा गर्दै काङ्ग्रेसका युवा प्रतिनिधि विश्वकर्माले दलित समुदायको हक अधिकारको लागी आवाज उठाउने प्रतिवद्धता जनाएका हुन्।

पार्टिभित्र दलितको प्रतिनिधित्व उदाहरणीय बनाउने बताउँदै विश्वकर्माले दलित समुदायका विधार्थीहरुलाई शैक्षिक स्तरोन्नतिमा भूमिका खेल्ने बताए । उनले दलित महिलाहरुलाई रोजगारीको लागि सिप विकासका उद्यमशील कार्यक्रम ल्याउन ठोस पहल गर्ने जनाउँदै रामेछाप जिल्ला र समाजको लागी प्रतिनिधित्व गर्ने बताए। प्रतिनिधि वि.क.ले जनाताको हक हितको लागी काम गर्ने समेत प्रतिवद्धता जनाए। उनी नेपाली काङ्ग्रेस रामेछाप जिल्लाको क्षेत्र नं. कबाट निर्वाचित बागमती प्रदेश महाधिवेशन प्रतिनिधि हुन्।