काठमाडौं। राष्ट्रिय बाणिज्य बैङ्कले खुलाएको विज्ञापनमा १ लाख २४ हजार ६०७ जनाले आवेदन दिएको राष्ट्रिय बाणिज्य बैङ्कले जनाएको छ। बैङ्कले गत कार्तिक १५ गतेदेखि खुलाएको विज्ञापनमा ठूलो संख्यामा आवेदन परेको हो।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैङ्कले गत कार्तिक १५ गते खुलाएको विभिन्न पदको ८ सय ३६ जनाको विज्ञापनमा ठूलो संख्यामा आवेदन परेको राष्ट्रिय बाणिज्य बैङ्कका सूचना अधिकारी दिवेस प्रसाद लोहनीले बताएका छन्। यो आवेदन हिजो बुधबार दिउँसोसम्मको हो। उनका अनुसार अझै केही दिन दोब्बर दस्तर तिरेर आवेदन दिन सकिने भएकाले यो संख्या बढ्न सक्ने छ।
बैङ्कले खुलाएको विभिन्न पदहरू मध्ये चौथो तहको विज्ञापनमा आवेदन दिनेको संख्या बैभन्दा धेरै रहेको छ । चौथो तहको आवेदन भर्नेको संख्या मात्रै ३ हजार ६ सय ८ जना, पाँचौ तहमा ३२ हजार ३ सय ९३ जना, छैटौ तह (अधिकृत) सो सरहको पदमा तहमा ६ हजार ३ सय ८२ जनाले आवेदन दिएका छन् । सातौँ तहमा १ सय ५७ जना, आठौ तहमा ६७ जना र ९ तहमा ६३ जनाले आवेदन दिएको लोहनीले जानकारी दिएका छन्।