काठमाडौं। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भएको छ। हरेक वर्ष नोभेम्बर २५–डिसेम्बर १० अर्थान १६ दिनसम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी यय कार्यक्रम मनाईदै आएको छ। नेपालमा यस अभियान मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने छ।
खास गरी सन् १९७० को दशकतिर नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी (प्याट्रिया, मिनर्भा र मारिया)ले समानताको आवाज उठाउँदा त्यहाँको तत्कालीन तानाशाहको निर्देशनमा उनीहरूको हत्या भएको थियो। ल्याटिन अमेरिकी देशहरूले तीन दिदीबहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो ।
त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा गर्यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूलक कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आएको हो।
सन् २०२१ का लागि संयुक्त राष्ट्संघले ‘अरेन्ज द वल्र्ड : इन्ड भ्वाइलेन्स एगेन्स्ट वुमन नाउ’ भन्ने नाराका साथ यस अभियान मनाउने भएको छ भने नेपालले ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ।