काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीहरुलाई निजी इन्स्टिच्युटले सञ्चालन गरेको लोक सेवा आयोग तथा अन्य निकायहरुबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षामा स्वयम उपस्थित भई वा अनलाईन माध्यमबाट प्रशिक्षण दिन रोक लागएको छ ।
निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउन भन्दै राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीले नेपाल सरकार (मन्त्रिपरिषद्) र अन्य कर्मचारीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्स्टिच्युटहरुले सञ्चालन गरेको तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षणमा रोक लगाएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै यसअघि स्वीकृत गराईएका सबै प्रशिक्षण अनुमित आजैदेखि निष्कृषय हुने जनाएको छ । विज्ञप्तिमा मन्त्रालयले "सबै मन्त्रालय वा निकायले उल्लिखित प्रयोजनका लागि कुनै कर्मचारीलाई विदा नदिने र काजमा खटिई गएको अवस्थामा प्रशिक्षण कार्यमा सहभागी हुनसक्ने तर्फ सचेत बन्ने" भनेको छ ।
मन्त्रायलयको प्रेस विज्ञप्ति: