काठमाडौं। निर्वाचन आयोगले आगामी निर्वाचनलाई मध्यनजर गर्दै सबै स्थानीयबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकहरूको फोटो सहितको नामावली सङ्कलन गर्ने भएको छ। आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गर्ने जनाएको हो।

आयोगले जारी गरेको विज्ञप्तिमा कोही पनि नेपाली नागरिक मताधिबारबाट बञ्चित हुन नपरोस भनेर ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल दैनिक रुपमा मतदाता नामावली सङ्कलन भई रहेको र यही मंसिर १७ गतेबाट उल्लेखित कार्यालयहरू रहेका स्थानीय तह बाहेकका ६ सय ३७ स्थानीय तहहरूको केन्द्रबाट समेत मतदाता नामावली सङ्कलन हुने जनाएको छ।

आयोगले सबै स्थानीय तहहरूबाट विशेष अभियानका रुपमा मतदाता नामावली सङ्कलन गर्न लागेको र त्यस्तो कार्यक्रम हिमाली तथा पहाडी जिल्लाका स्थानीय तह‍मा १० दिनसम्म तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिसम्म चल्ने छ। आयोगले सङ्कलन गर्ने मतदाता नामावली सङ्कलन कार्यक्रममा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबैले आफ्नो मतदाता नामावली सङ्कलन गराउन पाउने छन्।

आयोगद्वारा जारी प्रेस विज्ञप्ति: