बिर्ख वाईबा, घ्याङलेख । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा न. २ मा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ।
कमिटीको अध्यक्षमा जतन वाईबा, उपाध्यक्षमा रोहित बहादुर खड्का, सचिवमा सुब्बलाल वाईबा, सह-सचिवमा कविता थामी र कोषाध्यक्षमा दिल कुमारी थामी लगायत २९ सदस्य निर्वाचित हुनुभएको छ। त्यस्तै सल्लाहकार समितिको संयोजकमा मान बहादुर स्याङ्तान, बरिस्ठ सह-संयोजक पुर्ण बहादुर नेपाली, सदस्यहरुमा हुत्त वाईबा, तेज बहादुर लामा र मरिचमान वाईबा रहनुभएको छ। वडा कमिटी अध्यक्ष रोशन भोलनको अध्यक्षता, नेकपा माओवादी केन्द्र घ्याङलेखका पार्टी अध्यक्ष शंकरमान घलानको प्रमुख आतिथ्य तथा निर्वाचन प्रमुख चन्द्र कुमार थामीको आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको हो।

