काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड -१९ सङ्क्रमण जोखिमका कारण रोकिएको बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै सञ्चालन हुने गरी परीक्षा लिने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’ र काठमाडौं उपत्यकाका भित्रका लागि ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकि परीक्षा सञ्चालन गर्ने भएको छ ।  बिएड प्रथम र छैठौँ सेमेस्टरको क्रमश पुस १७ र २० गते बाट सञ्चालन गर्न लागेको हो । 

त्यस्तै एमएड दोस्रो सेमेस्टरको परीक्षा यहि मंसिर ३० गते बाट सञ्चालन हुने गरी तालिका सार्वजनिक गरे पनि परीक्षा केन्द्र तोकि सकेको छैन । 

परीक्षा तालिका

एमएड दोस्रो सेमेस्टर