बिर्ख वाईबा, सिन्धुली। सिन्धुली स्थित घ्याङलेख गाउँपालिकाको वडा नं. -२, मा पर्ने फापरचुली हाट बजार पुनः सञ्चालनमा आएको छ। वडा नं. २ को चालिसे बगरमा शुक्रबारे हाट बजार पुनः सञ्चालनमा आएको हो।
कोरोना महामारीका कारण ठप्प रहेको उक्त बजार असोज २२ गते गाउँपालिकाले सूचना प्रकाशित गरेर सञ्चालन गरिएको थियो। बजार फेरी दशैं तिहारकोबीचमा बन्द रहेकोमा पुनः आजबाट बजार सञ्चालन भएपछि दैनिक खाद्यान्न उपभोग्य वस्तु खरिद गर्न स्थानीयलाई सहज भएको छ। बजारमा खाद्यान्न लगायत लत्ताकपडा पनि किनबेच हुन्छ। बजारका लागि आवश्यक सामाग्री सदरमुकामबाट व्यापारी आफै ढुवानी गरेर व्यापार गर्ने गर्छन्। गाउँपालिका र स्थानीयको सहयोगमा गत साल देखि बजार सञ्चालनमा ल्याइएको हो।

