काठमाडौं। मगर चलचित्रकर्मीको सार्थकता, पहिचान र विश्व व्यापकता भन्ने मुल नाराका साथ तनहुँको चापाघाटको होटलमा मगर चलचित्रकर्मी संघको तेस्रो महाधिवेशन संघका अध्यक्ष युवराज मास्कीको अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनले भिम राना मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनले भिम राना मगरको अध्यक्ष, उपाध्यक्ष विश्वास आले मगर, महिला उपाध्यक्ष संगिता थापा मगर, महासचिब सुमन थापा मगर, सचिब निर आले मगर, कोषाध्यक्ष तिल बहादुर थापा मगर, सदस्यहरु ललित बुढा मगर देब ब पुन मगर देबलाल यस्मालि मगर सर्जन थापा मगर मैत्या घर्ति मगर रोशन राना मगर सुमन थापा मगर प्रदेश २ संयोजक रोशन राना मगर, प्रदेश ३ संयोजक देव एस्माली मगर, प्रदेश ४ संयोजक राहुल थापा मगर, प्रदेश ५ संयोजक ज्ञानबहादुर थापा मगर, प्रदेश ६ संयोजक ललित बुढा मगरलाई चयन गरेको छ।

अधिवेशन कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ महासचिव ज्ञानेन्द्र पुनले मगर संघले मगर चलचित्रको निर्माण, वितरण र प्रदर्शनमा आवश्यक र मिल्न सक्ने सबै खालको सहयोग गर्ने प्रतिवद्यता गर्नुभयो भने विशिष्ट अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले मातृभाषी चलचित्रको भविष्य राम्रो रहेको र हामीहरुले बदलिदो संघिय परिस्थितिमा सकृयताका साथ रचनात्मक कार्य गर्नुपरेको आवश्यकता बारे प्रकाश पार्नु भयो।

कार्यक्रममा स्थानीय समाजसेवी मणि थापा तथा जनप्रतिनिधीहरु बन्दिपुर गाउपालिका अभ्यक्ष पुृर्णसिं थापा, तथा रिसिंग दुर्गा राना आदिले पनि सम्बोधन गर्नुर्भएको थियो । कार्यक्रममा अध्यक्षबाट संस्था स्थापनाकाल देखीको प्रगती प्रतिवेदन प्रस्तुत र सचिव भिम रानाबाट प्रगती प्रतिवेदन हुनुको साथै आर्थिक प्रतिवेदन पनि प्रस्तुत र छलफल भएको थियो । मगर चलचित्रकर्मी संघको भावि योजनामा देशको संघिय प्रणालि अनुसार प्रदेश र जिल्ला कार्य समिति विस्तार गर्ने र गराउने निर्णय गर्नुका साथै मगर चलचित्र निर्माण कार्यलाई तिव्रता दिनको लागि आवश्यक सहज र सरल वातावरण तयार गर्न र बजार व्यवस्थापनलाई प्रमुख एजेण्डा र सो अनुसारको योजना तर्जुमा गरि कार्यक्रम अगाडि बढाउने निर्णय भयो । कार्यक्रममा मगर चलचित्रको अवधारणा, निर्माण भएका चलचित्रहरुको वितरण र देशभरि र विदेशसम्म प्रदर्शन कसरी सरल र सहज गर्ने भन्ने बारे पनि छलफल भयो ।

अधिवेशन कार्यक्रमको बन्दसत्रमा कार्यसमिति गठन लागि प्रतिमाया पुनको संयोजनमा सदस्य डा. विष्ण कुमार सिंजाली र वसन्त सारु सहितको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारीहरुको टुङ्गो लगाएको हो। दुई कार्यकालदेखि समितिमा रही कार्य गर्दै आउनुभएका निवर्तमान सचिव हाल अध्यक्ष भिम रानामगरले बदलिदो प्रविधि सहितको अवस्थामा सिनेमा क्षेत्रमा फरक तरिकाले प्रस्तुत हुनुपर्ने तर आदिवासीहरुसंग भाषा, संस्कृतिको कमी नभएकोले मगर चलचित्रको भविष्य रहेको बताउनुभयो ।