काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाको लागि निवेदन अनलाईन मार्फत नै दिन सक्ने व्यवस्था मिलाएको छ । 

 

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सरुवा/काज/कामकाजका लागि online system बाट निवेदन संकलन गर्ने जनाएको हो । निजामती कर्चारीहरुको व्यवस्थापनको  लागि मन्त्रालयमै पुगेर निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रियालाई सहज बनाउन मन्त्रालयले सरुवा, काज, कामकाज तथा पदस्थापनाको  लागि अनलाईन मार्फत निवेदन लिने कार्यको थालनी गरेको मन्त्रालयले सूचना मार्फत जनाएको छ । 

 

सरुवा हुन चाहन इच्छुक निजामती कर्चारीहरुले मन्त्रालयलको वेबसाईट saruwa.mofaga.gov.np मा गई Software ले माग गरे  अनुसारको विवरण भरेर निवेदन दिने व्यवस्था मिलाएको छ । यसरी व्यवस्थापन गरेको Software ले राष्ट्रिय किताबखाना (निजामती) मा रहेको वैयक्तिक विवरणको आधारमा कार्य सम्पादन गर्ने भएकोले कर्चारीले आफ्नो विवरण अध्यावधिक गर्न समेत सूचनामा उल्लेख गरेको छ । 

 

सूचना हेर्नुहोस्: