सिन्धुली। प्रेस सेन्टर सिन्धुलीको अध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर सिन्धुलीको चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षतमा चयन भएका हुन्।

सोमबार सम्पन्न चौथो जिल्ला अधवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएको नव निर्वाचित सचिव संगिता डिम्दोङले बताउनु भयो। उहाँका अनुसार जिल्ला कमिटिको बरिष्ठ उपाध्यक्षमा बुद्ध नेपाली, समावेशी उपाध्यक्ष मेनुका आरण, सचिवमा संगिता डिम्दोङ, सहसचिवहरुमा मनोज दाहाल, मनोज कुमार मोक्तान र कोषाध्यक्षमा उद्धव श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरुमा महेश ठटाल, सन्तोष दियाली, विक्रम भुजेल, बिर्ख बहादुर वाईवा, बविता परियार र विशाल सतशंकर चयन हुनुभएको छ।

अधिवेशनले प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विनोद रायमाझी, मीन कुमार दाहाल, रुक्मिणी पोखरेल, नविन श्रेष्ठलाई चयन गरेको छ। प्रदेश प्रतिनिधिमा विनोद रायमाझी, सरला सुनुवार, बुद्ध नेपाली, मनोज दाहाल, मीन कुमार दाहाल र संगिता डिम्दोङलाई चयन गरिएको छ। प्रेस सेन्टर नेपाल सिन्धुलीका निवर्तमान अध्यक्ष मीन कुमार दाहालको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज लेखनाथ दाहाल प्रमुख आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो । अधिबेसनलाई समबोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज लेखनाथ दाहालले नबनिर्बाचित कमिटी असल,योग्य,इमान्दार र का्रन्तिकारी भएर अगाडि बढ्नुपर्ने भन्दै अरु पत्रकार पत्रकार मात्रै रहेको र माओवादी केन्द्र निकट पत्रकार त्रान्तिकारी पत्रकार रहेको बताउनु भयो । न्याय,समानता र समाज समाजबादको पक्षमा ढृणतापुर्बक उभिने ब्यक्तिनै क्रान्तिकारी रहेको उहाँको तर्क रहेको छ । क्रान्तिकारी पत्रकार सदैब कठोर परिश्रम,कडा अनुशासन,उत्पिडनको अवाज बोल्ने,आवाज बिहिनहरुको आवाज उठाउन प्रतिनिधितव गर्ने उहाँले बताउनु भयो । अधिबेसनमा प्रेस सेन्टर नेपाल बागमती प्रदेशका ईन्चार्ज लक्ष्मण खड्का र प्रेस सेन्टर नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्ति गर्नुभयो