काठमाडौं। बीमा समितिले दुर्घटना बीमालाई व्यवस्थित गर्न दुर्घटना बीमाको निर्देशिका जारी गरेको छ। बीमा समितिले सोमबार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो।

दुर्घटनाबीमालाई थप व्यवस्थित गर्न समितिले निर्देशिका जरी गरेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी निर्देशिका जारी गरिएको बताए। उनले भने ‘पहिलेदेखि नै दुर्घटना बीमाको कारोबार त हुँदै आएका थियो । तर, त्यसलाई सम्बोधन गर्ने कुनै निर्देशिका तथा मापदण्ड थिएन,’ उनले भने, ‘कम्पनीहरूले विभिन्न वैकल्पिक माध्यमबाट यसको कारोबार गर्दै आएका थिए । त्यसपछि अहिले आएर छुट्टै निर्देशिका नै जारी गरेका हौं । अब दुर्घटना बीमाको कारोबार थप सहज हुने अपेक्षा गरेका छौं ।’

नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा भएपनि छुट्टै निर्देशिका र मापदण्ड भने थिएन। कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए। ‍अब निर्देशिका जारी भएसँगै निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ।

निर्देशिका अनुसार व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न सकिने छ। तर, बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ। निर्देशिकाले व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ। त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिरे हुन्छ। सामूहिक बीमाका लागि भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ २६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ ।

समितिले पर्वतारोहण बीमामा बीमांकको शून्य दशमव ७५ प्रतिशत बराबरको थप बीमाशुक लिन पाइने व्यवस्था पनि गरेको छ । यसैगरी कावा खाने तेल, घोडदौड, बन्जी जम्पिङ, प्यारा ग्लाइडिङ वा मोटरसाइक दौडका कारण भएको दुर्घटना, पोलो, शिकार, स्कुवा ड्राइभिङ, निशानवाजीका लागि पनि बीमांकको शून्य दशमलव ५ प्रतिशत बराबरको थप बीमाशुल्क लिनुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो बीमाको अवधिमा कम्तीमा १ महीनादेखि १ वर्षसम्मको रहेको छ । बीमालेखको अवधिअनुसार बीमाशुल्क फरक फरक अनुपात हुने पनि बताइएको छ ।